फूलहरू मगमग' मा सृजनाको अभिनय

काठमाडौं - गायिका मेलिना राईको स्वर रहेको फूलहरू मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ ।
सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् । कन्चन थलङ लिम्बुको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायाङ्कन र सम्पादन रहेको छ ।
प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायाङ्कन गरेका छन् । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ । कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्युजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया