मुलुकलाई उपिनवेश बनाउन धर्म निरपेक्षता लादियो : कमल थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विदेशीहरूको इसारामा नेपाललाई धार्मिक, सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको बताएका छन् । हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको बताए ।
त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफू गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट थापाले बताए । विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै थापाले प्रतिनिधि सभा विघटनको घटनाबाट मुलुक थप जटिलतातर्फ फसेको बताए ।
अब यसलाई अवसरको रूपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक भएको थापाको भनाइ छ । क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरू र बोक्नेहरूबारे प्रश्न गर्दै थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको बताए । कम्युनिस्टहरूले धतुरो रोपेर आँपको आस गरेकाले यस्तो अवस्था आएको गापाले बताए ।
एउटा राजा हटाएर अनेकन राजा जन्माउने व्यवस्था र प्रणाली अब चल्न नसक्ने थापाको भनाइ छ । लोभ ,लालच र प्रलोभन दिई योजनाबध्द रूपमा गाउँ-गाउँमा धर्म परिवर्तन गराउने कार्यप्रती थापाको कडा आपत्ति थियो ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया