सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

रियल म्याड्रिडलाई सुपर कपको उपाधि

काठमाडौँ- रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथलेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो । 

१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिच र करिम बेन्जेमाले १-१ गोल गरे । लुका मोड्रिचले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए । ५२औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए । 

खेलको ८७ मिनेटमा रियल १० खेलाडीमा समेटियो । इडर मिलिसाओले सिधै रातो कार्डको सामना गरे । त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथलेटिकोले सदुपयोग गर्न सकेन । राहुल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथलेटिको गोलविहीन बन्यो ।