लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आईसीयूमा उपचार जारी

काठमाडौं – कोभिड-१९ संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन ।
उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।
अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए ।
‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ । त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उनले भनेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया