सर्वोच्चमा न्यायाधीश मीरा खड्कासहित २४ जनालाई काेभिड संक्रमण

काठमाडौं – सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई काेभिड संक्रमण पुष्टि भएको छ। सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश मीरा खड्कालाई काेभिड संक्रमण पुष्टि भएको हाे।
त्यस्तै न्यायाधीश सपना प्रधान मल्लको सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै, मुख्य रजिस्टार लालबहादुर कुँवरलाई पनि संक्रमण पुष्टि भई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।
त्यसैगरी आइतबार सर्वाेच्चमा कार्यरत थप ३० जनाको परीक्षण गरिएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जनाको परीक्षण गरिएको हो। परीक्षण गरिएका सबै जना आइसाेलेसनमा छन् । कर्मचारीहरुले संक्रमण बढेको भन्दै भीडभाड कम हुनेगरी सेवा संकुचन गर्न माग गरेका छन्।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया