ट्राफिक प्रहरीद्वारा ‘तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालन

कास्की – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईँको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा र यस आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना सङ्क्रमित बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सो अभियानलाई जिल्लामा निरन्तरता दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मास्क अभियानसँगै सहरी तथा राजमार्गमा स्वास्थ्य मापदण्ड र जाँचलाई कडाइ गरिएको छ ।
कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अमृत बस्नेतले ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पूरा नगरी सवारी चलाउने चालक तथा सवारीसाधनसमेतलाई नियन्त्रणमा लिएको बताए । उनले भने, “कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौँ । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रा गर्नेहरूलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना कडाइका साथ लागू गरिएको छ ।”
प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक सवारीमा सवार गर्दा तथा सार्वजनिक सेवा लिन आउँदा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड नलिने सेवाग्राहीसमेतलाई कारबाही सुरु गरिएको जनाएको छ । स्वास्थ्य निर्देशनालयको निर्देशनबमोजिम मास्क, स्यानिटाइजरको प्रयोग, भौतिक दूरी कायमलगायत विषयमा जाँच गरेको कास्की ट्रफिक प्रहरीले पछिल्ला दुई दिनमा एक हजार ७५५ थान मास्क निःशुल्क विरतण गरेको जनाएको छ ।
यसैगरी दुई हजार २० प्रति स्वास्थ्यसम्बन्धी जनचेतनामूलक पर्चासमेत वितरण गरिएको जनाइएको छ । प्रहरीले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरी यात्रु ओसारपसार गर्ने २२५ सार्वजनिक सवारीसाधन र १४९ यात्रुलाई कारबाही गरिएको जनाएको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न २९ स्थानमा जाँचचौकी स्थापना गरी २४ घण्टा नै सवारी जाँच सुरु गरिएको जनाएको छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया