भारतबाट अवैधरूपमा भित्र्याइएको ६ क्वीन्टल बढी माछा नष्ट
झापा – भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ ।
गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो ।
सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया