चिया कारखानामा आगलागी

इलाम – इलामको सूर्योदय नगरपालिका-४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ भने कार्यालय भवनसहित अन्य संरचनामा जोगाउने प्रयन्त भइरहेको छ । आगलागी नियन्त्रणको लागि गएको वारुण यन्त्रको पानी सकिएपछि नजिकै रहेको अन्तु पोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्तु भ्याली निजी क्षेत्रमा स्थापना गरिएको पुरानो उद्योगहरू मध्येमा पर्छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया