यस्ताे छ, नेपाल टेलिकमको 'विन्टर अफर'

काठमाडौँ - नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको लागि नयाँ योजना ल्याएको छ । टेलिकमले भोलिदेखि अर्थात माघ ३ गतेदेखि लागू हुने गरि नयाँ 'विन्टर अफर' ल्याएको हो । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो ।
यस्तो छ 'विन्टर अफर'
विन्टर अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि ५९९ रूपैयाँमा लिन सकिने 'सजिलो अनलिमिटेड प्रिपेड ५९९' मात्र उपलब्ध भइरहेकोमा अब 'सजिलो अनलिमिटेड प्रिपेड ७९९', 'सजिलो अनलिमिटेड प्रिपेड ९९९' र 'सजिलो अनलिमिटेड प्रिपेड १४९९' प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी क्रमश) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता रहेको टेलिकमले जनाएको छ ।
सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस अन्तर्गत २९९ रूपैयाँमा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन-नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ । त्यस्तै टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ ।
पहिलो पटक भीओएलटीई सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन-नेट कलको सुविधा पाउने छन । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।
यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_hFkM1maWCf_mrqiohrg45hyombfjgbvesw6o0lijj8euw3xcxf2gs5yvkvopwolqo7n3opv.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

प्रतिक्रिया