बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

प्रधानन्यायाधीश जबराविरुद्ध दायर भएकाे रिट दरपिठ

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदीय छानबिनकाे माग गर्दै दायर भएकाे रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ। सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायण पन्थीले दरपिठ गरेकाे जानकारी दिए ।

'सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उक्त रिट दरपिठ गरिएकाे हाे,' उनले इकागजसँग कुरा गर्दै भने । अधिवक्ता बस्नेतले दायर गरेकाे रिट प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै ती आरोपहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्न सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरिएकाे थियाे ।

प्रधानन्यायाधीशविरुद्ध लामाे समयदेखि नेपाल बार एसाेसियनलले आन्दाेलन गर्दै आइरहेकाे छ ।