कोभिडको तेस्रो लहरबाट नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको छ : गृहमन्त्री

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले कोभिडको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् । २४औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले कोभिड तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताए । उनले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरूले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताए । मन्त्री खाणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानी कम गर्न सकिने धारणा राखे ।
‘हामी सबै विषम परिस्थितिमा छौँ । कोभिड तेस्रो लहरको कारण जनता आक्रान्त भएका छन्,' उनले भने, 'सरकारसहित सबै निकायले आम नेपालीहरूको जीवन रक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौँ । स्थानीय जनप्रतिनिधिहरूलाई निर्माणको हाम्रो प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न अनुरोध गर्दछु । यो गर्न सके विगतमा भएका ठूला नोक्शानीलाई रोक्न सक्छौँ । व्यवस्थापन गर्न सक्छौँ ।’
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताए। उनले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गरे। मेयर शाक्यले टेको लगाएर राखिएका भवनहरू वर्षा हुँदा समेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया