कोभिडको तेस्रो लहर : 'भीआइपी'हरू धमाधम आइसोलेसनमा

काठमाडौँ- नेपालमा पनि काेभिड संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो । तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् । माओवादी केन्द्रीय कार्यालयमा अधिकांशलाई काेभिड संक्रमण भएको छ । माओवादीको आठौं महाधिवेशनमा र त्यसपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका अधिकांश नेताहरूलाई कोभिड संक्रमण भएको छ ।
यस्तै सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, उमा रेग्मी, इन्द्र बानियाँसहित कांग्रेस शीर्ष नेताहरू संक्रमित भएका छन् । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित एमालेका शीर्ष नेताहरू संक्रमित हुँदा नेकपा (एकीकृत समावादी) अध्यक्ष माधवकुमार नेपाल, रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।
कोभिड संक्रमित नेताहरू आइसोलेसनमा छन् । तर, संक्रमित पुष्टि हुनुअघि भेट भएका र एउटै बैठकमा बसेका केही नेताहरूलाई भने कोभिड संक्रमण भएन । दाहाल, माधवकुमार नेपाल सहभागी सर्वदलीय बैठकमा उपस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता जोगिएका छन् ।
जनस्वास्थ्यको मापदण्ड पालना गरी भिडभाड गरेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका नेतादेखि पत्रकारसम्म अहिले कोभिड संक्रमणको चपेटामा परेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया