संक्रान्ति पर्वमा मधेसमा छोरीलाई विभेद

सप्तरी - संक्रान्ति पर्व विभिन्न जातजाति समुदायले छुट्टाछुट्टै तरिकाले मनाउने गरेका छन् । तराई मधेसमा मनाइने संक्रान्ति पर्वमा छोरीलाई भने विभेद गरेको पाइएको छ । राजविराज नगरपालिका-६ का सुमन देवले भनिन्, ´यो पर्वमा तिल, गुड, चामल, केरालाई मुछेर प्रसाद बनाइन्छ । प्रसाद कुलदेवतालाई चढाएर घरमा भएका हजुरबुबा, हजुरआमा, बुवाआमाले नाति छोरालाई सूर्य भगवानलाई साक्षी राखेर तिल तिल बहबी भन्दै पाँचदेखि सात पटक खुवाउने र छोराले ह ह भन्ने चलन रहेको छ ।' छोरी विवाह गरेर अर्काको कुलमा, अर्काको घर जाने भएकोले छोरीलाई खुवाउने चलन नरहेको देव बताउँछिन् ।
सप्तरीको राजविराज नगरपालिका वडा-१३ कि ८० वर्षिया सावित्री देवी देवले भनिन्, ´छोराको आमाबाबुलाई पाल्ने, दाहसंस्कार गर्ने जिम्मेवारी भएकोले छोरालाई उक्त प्रसाद आफ्नो हातले खुवाउने प्रचलन परापूर्व कालदेखि नै रहँदै आएको छ ।'
छोरीहरू अर्काको अधिनमा हुने भएकोले उनीहरूको आवश्यकता भएको बेला उपस्थिति हुन नसक्ने अवस्थामा कर लगाउन नमिल्ने भएपछि छोरीलाई नखुवाउने गरेको उनको तर्क छ । मुरही, चिउरा, तिलको लड्डु छोरी खान दिने मिल्ने, छोरीको घरमा कोसेली पठाउन मिल्ने तर छोरा नातिलाई खुवाए जस्तै सूर्यलाई साक्षी राखेर खुवाउन नमिल्ने राजविराज-२ का पवनकुमार यादवले बताए।
तिलमा रोगप्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुनुका साथै एन्टी एक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । धार्मिक मान्यताअनुसार तिललाई निकै शुद्ध मानिन्छ । हरेक पूजा पाठमा तिलको प्रयोग गर्ने चलन रहेको छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया