बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कसलाई लगाइन्छ आज बुस्टर डोज?

काठमाडौं– कोभिड–१९का लागि प्रतिरोधात्मक मानिएको बुस्टर डोज आज कोभिड रोकथाम तथा नियन्त्रणका लागि अंग्रपंक्तिमा खटिनेहरूलाई दिइन्छ । मन्त्रालयकाअनुसार स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी पहिलो प्राथमिकतामा मन्त्रालयले राखेको छ। 

त्यस्तै, फोहर संकलक, एम्बुलेन्स तथा शववाहन चालक, विमानस्थलका कर्मचरीले बुस्टर डोज पाउनेछन्। 

मन्त्रालयकाअनुसार सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने छ। बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ ।