जन्तेढुङ्गा गाउँपालिकाको सेवा बन्द
खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको छ । गाउँपालिकाअन्तर्गतका स्वास्थ्य सेवाबाहेकका सेवा शुक्रबारदेखि भोलि माघ २ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिका प्रमुख शंखरबहादुर राईले बताए ।
हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टिजेन परीक्षण गर्ने काम भइरहेको गाउँपालिका प्रमुख राईले जानकारी दिएका छन् । माघ ३ गतेदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोपकार्ड तथा एन्टिजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ ।
यस्तै गाउँपालिकाअन्तगर्तका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोपकार्ड अनिवार्य लिएर आउनुपर्ने गाउँपालिकाले जनाएको छ । पछिल्लो समय जिल्लामा पुनः कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लावासी त्रसित छन् ।
यता जिल्ला प्रशासन कार्यालय खोटाङले पनि सात बुँदे स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसीएमसी०को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, सङ्क्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले शुक्रबारदेखि लागू हुने गरी स्वास्थ्य सुरक्षासम्बन्धी सात बुँदे आदेश जारी गरेका हुन् ।
प्रशासनले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिकलगायत गतिविधि सञ्चालन गर्दा तथा घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय–समयमा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्नलगायत स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न–गराउन आग्रह गरेको छ ।
यस्तै २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिकलगायत कार्य नगर्न–नगराउन आदेश जारी गरिएको छ । रासस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया