नेपालमा थप ४६३६ जनामा कोभिड संक्रमण

काठमाडौँ – नेपालमा शनिबार ४ हजार ६ सय ३६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ जना र ४ हजार १ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ९ सय ३३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोभिड संक्रमित चार जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ५० सक्रिय संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ३ संक्रमित निको भएका छन् । हाल नेपालमा २१ हजार ५ सय ८४ सक्रिय संक्रमित आइसोलेसन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया