२६% लाभांश वितरण गर्दै हिमालयन बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ- हिमालयन बैंक लिमिटेडको उनन्तीसौंं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको वार्षिक साधारण सभा कोभिड-१९को बढी रहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको (अनलाइन मिटिङ) माध्यमबाट सञ्चालन गरिएको जनाएको छ ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन सहित सोहि आ. व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत वोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।
यसका साथै हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बीचको मर्जर सम्बन्धी विशेष प्रस्ताब भने साधारण सभाले अस्विकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयरधनीहरु मध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको छ । उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९५ रहेका थिए ।
हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटिएम र ५००० भन्दा बढी पोस टर्मिनल संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ ।

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_XJdgMTv4Uh_gmpjvra3aw4nptnlakrxfvlyvwhyq809vhf6dyouaedklomkcv8ztfs81ylh.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

प्रतिक्रिया