धेरै नाफा कमाउनेमा नबिल बैंक, मुनाफाबाट लाभांश वितरण गरिने

काठमाडौँ - नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार केन्द्रिय कार्यालय, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश ९३३.६० वोनस सेयर र ४.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ। बैंकले प्रतिफल १५.१९ प्रतिशत र प्रति सेयर आम्दानी ३३.५७ रूपैँया हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब रूपैँया पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस सेयर पश्चात बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ रूपैँया पुगेको छ।
साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठूलोसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एवं संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी गराए।
यसैगरी उक्त सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद दुईका लागि उदयकृष्ण उपाध्याय र एनबी इन्टरनेशनल लिमिटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेललाई निर्बिरोध निर्वाचित गरेको थियो।
साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई चयन गरेको छ। पौडेल ०७४ मंसिर १५ देखि बैंक सञ्चालक समिति एनबी इन्टरेनशनललाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी इन्टरेनशनललाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन्। बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्बभन्दा बढी रकम देशको राजश्वमा योगदान गरिसकेको छ।
विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ। नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगसँगै अघि बढ्ने विश्वास राखेको छ।

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_XJdgMTv4Uh_gmpjvra3aw4nptnlakrxfvlyvwhyq809vhf6dyouaedklomkcv8ztfs81ylh.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

प्रतिक्रिया