मेलम्ची हेडबक्स सडककाे स्तराेन्नतिका लागि १० कराेड विनियोजन

सिन्धुपाल्चोक - सरकारले `सुन्दरीजल, पाती भञ्ज्याङ कुटुङसाङ अम्बाथान मेलम्ची हेडबक्स´ सडककाे स्तराेन्नतिका लागि १० कराेड विनियोजन गरेको छ । बाढीले हेलम्बुलाइ सडक सञ्जालबाट टुटाएपछि गाउँपालिकाले वैकल्पिक सडकका रूपमा उक्त सडक निर्माण गरेकाे थियाे ।
वैकल्पिक सडक स्तराेन्नतिका लागि भन्दै अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हाे । बाढीले चनाैटेकाे राताेपुल पनि बगाएपछि हेलम्बु सडक सञ्जालविहीन बनेको थियो । तत्काल बिरामी परेकाहरूलाई अस्पताल लान र खाध्यान्न अभाव नहाेस् भनेर उक्त सडक निर्माण गरेर हेलम्बुलाई सडक सञ्जालबाट जाेडेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
वैकल्पिक सडक बनाउँदै गर्दा साेही क्षेत्रबाट संघीय सांसद बनेका शेरबहादुरले मानवबस्ती भन्दा बाहिर गएर सडक बनाएकाे भन्दै कुनै रकम विनियोजन गर्न नहुने बताएका थिए । तर सरकारले भने १० कराेड बजेड छुट्टयाएर थप ४० कराेडकाे स्राेत सुनिश्चितताका लागि भाैतिक मन्त्रालयले अर्थलाई पत्राचार गरिसकेको छ ।
त्यसकाे सुनिश्चितता हुनासाथ साे बाटाे निर्माणका लागि थप ४० कराेड बजेट जाने निश्चित छ । यता, सरकारले मेलम्ची बजार मेलम्ची हेडवर्कस सडकका लागि पनि ५ कराेड विनियोजन गरेको छ । राताे पुलमम बेलिब्रिज हालेपछि भर्खरै उक्त बाटाेले हेलम्बुलाई जाेडेकाे छ । मेलम्ची सडकका लागि पनि थि २४ कराेडकाे स्राेत सुनिश्चितता गर्न भाैतिक मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया