टेलर स्विफ्टको एल्बम बिक्रिमा एक नम्बर

लसएन्जल्स : टेलर स्विफ्टको नयाँ एल्बम ‘फोकलोर’ यो वर्ष सबैभन्दा धेरै बिक्ने एल्बममा दरिएको छ । सांगीतिक पत्रिका रोलिङ स्टोनले प्रकाशित गरेको तथ्यांक अनुसार यो एल्बम २३ लाख प्रति बिक्रि भएको छ । सन् २०२०मा प्रकाशित एल्बममध्ये यसलाई सर्वाधिक उच्च मानिएको छ ।
लिल बेबीको ‘माइ टर्न’ बिक्रिमा टेलर भन्दा दुई लाखले पछि रह्यो । यो एल्बम २१ लाख प्रति बिकेको थियो । रोलिङ स्टोनले स्ट्रिमिङ साइटमा भएको बिक्रि र फिजिकल बिक्रि दुवैलाई जोडेर यो तथ्यांक तयार गरेको हो । पत्रिकाले वर्षका १ सय एल्बमको सूची निकालेको हो । सूचीको तेस्रो, चौथो तथा पाँचौंमा पप स्मोकको ‘सुट फर दि स्टार्स एम फर दि मुन’ दि विकेन्डको ‘आफ्टर आवर्स’, जुस वल्र्डको ‘लिजेन्डस् नेभर डाई’ परेका छन् ।
लक डाउनकै बीचमा निस्किएको टेलरको एल्बमले निस्केको दिननै बिक्रिमा कीर्तिमान कायम गरेको थियो । यो बिक्रिलाई टेलर र पूर्व रेकर्ड कम्पनी मालिक स्कुटर बारुनबीचको विवादले पनि सघाएको थियो । टेलरले यसअघि निकालेका ६ एल्बम स्कुटरलेसोध्दै नसोधी बिक्रि गरेको भन्दै टेलरले आपत्ति जनाएकी थिइन् । त्यसैगरी एल्बमको शीर्षगीत पनि उनका रहस्यमय प्रेमीले लेखेको भन्दै हल्लाखल्ला भएको थियो ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया