सहकारी आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडाैँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताएकी छिन् ।
आज आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिको सभामा मन्त्री श्रेष्ठले समुदायप्रति सदैव जिम्मेवार बनेर नागरिकको भरोसा बढाउनु सहकारीको प्रमुख दायित्व भएको उल्लेख गरिन् । सहकारीको सिद्धान्त, उद्देश्य र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकेको र सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको उनको धारणा थियो ।
सहकारीको क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै त्यसप्रति नागरिकको विश्वास र भरोसा बढाएर लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व भएको मन्त्री श्रेष्ठले बताइन् । संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको र आर्थिक विकास तथा समृद्धिका लागि यसको भूमिका महत्वपूर्ण हुने हुँदा सहकारीलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा उनले जोड दिए ।
सहकारीको सिद्धान्त मूल्यमान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारिताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले भूमिका निर्वाह गर्न आवश्यक रहेको मन्त्री श्रेष्ठले बताइन् । रासस

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया