कोभिड परीक्षण बढ्यो, देशभर ५०८७ संक्रमित थपिए

काठमाडौँ- देशभर शुक्रबार पाँच हजार ८७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनाको कोभिड परीक्षण गरिएको थियो । बिहीबार १५ हजार ८१ जनाको परीक्षण गरिएको थियो ।
२४ घण्टामा तीन सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ६५३ जना संक्रमणमुक्त भइसकेका छन् । कोभिड संक्रमणकै कारण तीन जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६१३ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित १८ हजार २३५ जना छन् । आज मात्र तीन लाख २० हजार २६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया