विपद्मा उद्धार र राहतका लागि कोष निर्माण

सुर्खेत - कर्णाली सरकारले प्राकृतिक विपद्बाट पीडित नागरिकलाई उद्दार र राहतका लागि कोष स्थापना गर्ने तयारी गरेको छ । कर्णाली प्रदेश बाढी पहिरो तथा लागलागीका घटनाबाट जोखिम रहेको कारण नागरिकको उद्धारको कोष स्थापना गर्ने भएको हो । विपद्का बेला उद्दार र राहत वितरणमा सहजता होस् भन्ने उद्देश्यले उक्त कोष सञ्चालन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले जानकारी दिए ।
विपद्को समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले ‘विपद् व्यवस्थापन स्वबृद्धि कोष’ सञ्चालन गर्ने तयारी गरेको छ । हामी बनाउछौ हाम्रो विपद, कोष’ भन्ने नारासहित प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोष बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
कर्णाली सरकारले स्वबृद्धि कोषका लागि स्थानीय तहसँग आवेदन माग गरेको छ । कोष स्थापना र सञ्चालन गर्न इच्छुक स्थानीय तहलाई मन्त्रालयले आवेदन दिन आग्रह गरेको हो । आउँदो माघ १५ गतेभित्र आवेदन पेश गर्न प्रदेशका सबै पालिकालाई मन्त्रालयले पत्राचार गरेको छ । कोष सञ्चालनका लागि अहिलेसम्म २७ वटा स्थानीय तहले आवेदन दिएका छन् । अझै ५२ वटा स्थानीय तहले आवेदन दिन बाँकी छ । कोषका लागि सबै स्थानीय तहलाई आवेदन दिन पत्राचार गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी शाहीले बताए । विपद् व्यवस्थापनलाई सहज बनाउन प्रदेश सरकारले स्थानीय र प्रदेश सरकारको साझेदारीमा कोष स्थापना गर्न लागेको हो ।
कोष स्थापना गर्न स्थानीय तहलाई प्रदेश सरकारले निश्चित रकम उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाएको हो । स्थानीय तहले बनाएको कोषमा प्रदेश सरकारले पहिलो पटक तीन लाख रुपैयाँ हालिदिने छ । सोही रकममा स्थानीय तहले पनि अनिवार्य रुपमा थप तीन लाख रकम जम्मा गर्नुपर्ने छ । त्यही कोषको रकमबाट प्राप्त हुने बार्षिक व्याजबाट आउने रकम नै पीडितलाई राहत स्वरुप उपलब्ध गराउन सहज हुने सरकारी अपेक्षा छ ।
कोषको रकम तीन लाखभन्दा नघट्ने गरी पालिकाले राहत, उद्दार, पुनर्स्थापना जस्ता विपद् व्यवस्थापनको कामका खर्च गर्न पाउने छन् । कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन स्वबृद्धि कोष स्थापनाका लागि चालु आर्थिक वर्षमा दुई करोड बढी बजेट छुट्याएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया