बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो

बाजुरा – बाजुरामा कोरोना संक्रमितका लागि आईसोलेसन कक्ष नहुँदा पाल भित्र राखिएको छ । कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई पाल भित्र राखिएको हो ।
बुुढीनन्दा नगरपालिका–७ का करिब ३१ वर्षिया महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधवार एन्टिजेन परीक्षणबाट संक्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।
स्वास्थय परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उनले बताए । ‘घर जाउँ भने अपहेलना गर्छन, कोरोना भएको हल्ला बजारभरि छ’, उनले थपे । संक्रमण भएको नगरपालिकालाई जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उनको गुनासो छ ।
नगरपालिकासँग बस्न र कपडा पातको ब्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थर्काउँदै आफैँले व्यवस्थापन गर्ने भनेको कार्कीले बताए ।नगरपालिकमा आइसोलेन कक्ष नहुँदा संक्रमितलाई अहिले आयुर्वेदको भवन नजिकै पाल भित्र राखिएको छ । ईलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा बसिरहेको संक्रमितले बताएका छन ।
नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने नगरपालिकाले निमार्ण गरेका आइसोलेसन कक्ष टाढा भएका कारण संक्रमित पनि बस्न नमान्ने गरेका र स्वास्थ्यकर्मी पनि चेकजाँचका लागि जान नमानेका कारण समस्या भएको बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया