शंकास्पद वस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद वस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली आइनपुग्दा त्रासको वातावरण सृजना भएको छ ।
चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद वस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।
पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । शंकास्पद वस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ ।
उक्त शंकास्पद वस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भए पनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए । चैनपुर–६ गढी डाडाँमा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया