प्रदेश २ का ६१० विपन्न परिवारलाई सरकारले घर बनाइदिने

जनकपुरधाम– प्रदेश नं. २ गरीब र विपन्न परिवारले घर पाउने भएका छन् । प्रदेश सरकारले प्रदेशभित्रका ८ वटै जिल्लामा यो योजना लैजानेछ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।
बैठकले नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना कार्यान्वयन कार्यविधि स्वीकृत गरेसँगै विपन्नले घर पाउने भएकोे प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।
उनकाअनुसार घर बनाइदिनेबारे स्पष्ट नीति बन्नेछ। असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्तिको घर बनाउन प्राथमिकतामा राखिने उनले जानकारी दिए । त्यस्तै दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धा पनि त्यसभित्र पर्नेछन्।
एक परिवारले करिब ५ लाख रुपैयाँ बराबरको घर पाउनेछन् । दुई कोठा, एक भान्छा अनि शौचालयसहतिको घर बनाइने भएको हो ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया