अनमोल–सुहानाको ‘ए मेरो हजुर ४’ टिजर
काठमाडौँ - भारतमा दुई ठूला फिल्म रिलिज हुने मिति तोकेर नै ‘ए मेरो हजुर ४’ प्रदर्शन भएको छ । निर्माता सुनिलकुमार थापाले वैशाख १ गते अर्थात् अप्रिल १४ मा यो पिल्म प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
यही मितिमा कन्नड फिल्म ‘केजीएफ२’ र हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक अनुवाद गरिएको ‘लालसिंह चढ्ढा’ प्रदर्शन हुँदैछन् । ‘केजीएफ’को पहिलो भागले नेपालमा नै ५१ दिनसम्म चल्ने रेकर्ड बनाएको थियो भने आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’बाहेक सबै फिल्मले राम्रो व्यापार गर्ने गरेका छन् ।
‘ए मेरो हजुर ४’ को सार्वजनिक टिजरमा निर्माण टिमले रारा ताल र प्रेमपूर्ण संवादलाई ठाउँ दिएका छन् । फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । टिजरमा दुवैले मात्र ठाउँ पाएका छन् । अनमोल र सुहानाले यही शृंखलाको तेस्रो भागमा सँगै काम गरेका थिए । यो शृंखला हिट मानिएको थियो ।फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया