आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

पार्टी राजनीतिमा लागेकी बाला पुनः पत्रकार महासंघको बैठकमा

काठमाडौँ - नेपाली कांग्रेसको राजनीतिमा लाग्ने भन्दै पत्रकार महासंघको उपाध्यक्षबाट फेसबुकमा राजीनामा घोषणा गरेकी बाला अधिकारी पुन महासंघको बैठकमा देखिएकी छिन् । 

आज कपिलवस्तुमा भएको पत्रकार महासंघको बैठकमा अधिकारी पनि देखिएकी हुन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि जितेपछि उनले अब पार्टी राजनीति सुरु गर्ने भन्दै पत्रकार महासंघको उपाध्यक्ष पदबाट अलग हुने घोषणा गरेकी थिइन् । उनी कांग्रेसको केन्द्रीय सदस्यमा पराजितसमेत भएकी थिइन् । 

उनले महासंघको उपाध्यक्षबाट राजीनामा दिएर पार्टी राजनीति सुरु गरेकी भन्दै सबैले उनलाई नैतिकता प्रदर्शन गरेको भनेर प्रसंशासमेत गरेका थिए । तर पुनः अधिकारी महासंघको केन्द्रीय समिति बैठकमा देखिएकी छिन् ।