ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध

बेरुत- लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ ।
ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् ।
ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।
साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।
पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि बस चालकहरूले स्थानीय समयअनुसार विहान ५ बजेदेखि बिहान १० बजेसम्म देशभरका मुख्यमुख्य सडकहरूमा यातायात अवरुद्ध गरेका थिए । (एएनआई)

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया