काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को सम्भावना
बिहीबार २७ जनामा संक्रमण पुष्टि भएपछि दाङमा स्मार्ट लकडाउन

काठमाडौँ : दैनिक सक्रिय संक्रमितको संख्या बढ्दै गएर पाँच सय नाघेपछि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को सम्भावना बढेको छ । काठमाडौँ उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा धेरै छ । यस्तै मोरङ र कास्कीमा पनि स्मार्ट लकडाउन गर्ने अवस्था आउने गरि सक्रिय संक्रमितको संख्या बढ्दै गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लाे दुई हप्तादेखि बिहीबारसम्म काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ४२ छ । यस्तै भक्तपुरमा ९ सय ६३ र ललितपुरमा १ हजार ५ सय ९१ छ । सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा नाघेपछि गृह मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार दिएको छ ।
बिहीबार मात्रै २७ जनामा सक्रमण पुष्टि भएपछि दाङमा स्मार्ट लकडाउन सुरु गरिएको छ । यद्यपी, दाङमा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छैन । तर पछिल्लो समय कोभिड खोप लगाउनेको संख्या बढेकाले तत्कालै लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय तयार देखिएका छैनन ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया