भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु
भक्तपुर : भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका-२ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।
करेन्ट लाग्दा एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । खबरपछि बिजुलीको लाइन काट्न लगाई एम्बुलेन्ससहितको प्रहरी टोली उद्दारमा खटिएको थियो ।
गम्भीर घाइते भएका दुवै जनालाई भक्तपुर अस्पताल पुर्याउँदा दोलखा मेलुङ गाउँपालिका-५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । अर्का एक जना विरामीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया