हुम्लामा कोरोनाबारे सचेतना जगाउन प्रहरीको माइकिङ

सिमकोट : पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै हुम्ला प्रहरीले कोरोनाविरुद्ध सचेतना गराउने कार्यक्रम सुरु गरेको छ । हुम्लाका प्रहरी नायव उपरीक्षक डिएसपी हेरम्भ शर्मा आफै माइकिङ गर्दै जनचेतना फैलाउने कार्यमा खटिएका छन् । प्रहरीले माइकिङ गर्दै कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफूले टोल–टोलमा पुगेर माइकिङ गरेको हुम्ला जिल्लाका डिएसपी शर्माले बताए ।
हुम्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको हुँदा अब पनि जिल्लामा कोरोना फैलन नदिन प्रहरीले दैनिक रूपमा जनचेतना कार्यक्रम फैलाउनतर्फ लागेको शर्माले बताए ।
प्रहरीले बाटोमा भेटिएका सर्वसाधारणलाई भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र सरकारी कार्यालय जाँदा अनिवार्य खोप कार्ड बोक्न तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्न आग्रह गरेको छ ।
जिल्लाका नागरिकहरूलाई करोनाबाट सचेत गराउनको लागि यस्ता खाले कार्यक्रम सञ्चालन गराई राख्ने र साबुन पानीले पटक–पटक हात धुन, बिना काम सार्वजनिक स्थलमा ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन प्रहरीले आग्रह गरेको छ । न्युजकारखाना

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया