पार्टी फोड्नेहरूको अन्त्य सुनिश्चित : उपप्रधानमन्त्री पोखरेल

जनकपुरधाम : नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी फोडेर जानेहरूको अन्त्य शुनिश्चित रहेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित वृहत्त अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री र एकल अध्यक्ष बन्ने लालचमा पार्टी एकता तोड्नेहरूको सपना चकनाचुर हुने बताए ।
उनले पदको लोभमा पार्टी फोड्नेलाई तह लगाइने पनि बताए । कम्युनिष्टहरू एकीकृत भएको ३ वर्ष नबित्दै आफ्नै अध्यक्ष विरुध्द लाग्नेलाई सच्चा कम्युनिष्टहरूले लखेटेर भगाउने उनले बताए ।
पदका लागि अनावश्यक बखेडा गर्दै पार्टी फोड्ने पुष्पकमल दाहाललाई तह नलगाएसम्म मुलुक र पार्टीको विकास हुन नसक्ने उनको भनाइ छ । उनले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताउदैँ अब प्रदेश कमिटी र जिल्ला कमिटी समेत नयाँ गठन हुने जानकारी समेत दिए ।
कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले पार्टीका केही नेताहरूको बदनियतले तीन वर्ष नपुग्दै प्रतिनिधि सभा विघटन गर्न पर्नु आफ्नै लागि आत्मघाती रहेको बताए । ‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भन्छन्, हामी आफै संसद् विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’, साहले भने, ‘को चाहन्छौं हामी पाँच वर्षको लागि जितेका छौँ भने तीनै वर्षमा छाडीदिउँ । यसबाट कोही खुशी छैनन् । त्यसैले यो आफैमा बाध्यात्मक आत्महत्या हो ।’
विघटन संविधानसम्मत रहेको जिकीर गर्दै उनले प्रतिनिधि सभाबाट दोस्रो सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको दाबी गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया