शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कटुवा पेस्तोलसहित युवक पक्राउ

सुनसरी –  सुनसरीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित  २२ वर्षीय सविर मियाँलाई पक्राउ गरेकाे हाे ।

प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका–७ घुस्कीका मियाँ बुधबार साँझ पक्राउ परेका हुन् ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएकाे प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।