नेपालभित्र हवाई यात्रा गर्ने ९५ प्रतिशतले खोप लगाए

काठमाडौँ- आन्तरिक उडान भर्ने ९५ प्रतिशत यात्रुहरुले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । बुद्ध एयरले उडान गरेको एक सर्वेक्षण अनुसार अधिकांश यात्रुहरुले कोभिडविरुद्धको खोप लगाईसकेका छन् । एक हजार ८९५ यात्रुहरूमाथि गरिएको सर्वेक्षणमा एक हजार ७९३ जना यात्रुहरूले खोप लगाइसकेका छन् । ९५ प्रतिशत यात्रुले कोभिडविरुद्धको खोप लगाइसकेका छन् ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ निरन्तर सेवा प्रवाह गरेको बताए । ‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । जानकारी थिएन । यसमा अध्ययन भएको थिएन,' उनले भने,' हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं । तर, अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाईसेवा सञ्चालन गरिरहेका छौं ।’
पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोनाविरुद्ध निर्देशिका बनाएर महिनौं पूर्वअभ्याससमेत गरेको थियो । आफ्ना सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो ।
एयरका सम्पूर्ण कर्मचारीले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । संक्रमणरहित सरसफाईका लागि फग मेशिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए । उनले हरेक उडानपूर्व जहाजको सरसफाईलाई अनिवार्य गरिएको बताए।
हवाई उडान संक्रमणरहित रहेको उनले बताए । एटीआर जहाजमा प्रत्येक तीन मिनेटमा पुरानो हावा विस्थापित हुँदै स्वच्छ हावा प्रवाह हुने गरेको छ । हावाको वहाव संक्रमणरहित हुने गरेको एटीआर कम्पनीले पुष्टि गरिसकेको छ ।
बस्नेतले बुद्ध एयरमा यात्रा गर्ने यात्रुले ढुक्क भएर यात्रा गर्न पाउने दाबी गरे । ‘हाम्रो उडान संक्रमणरहित छ, यहाँहरू ढुक्कका साथ उडान गर्नसक्नुहुन्छ’, उनले भने।त्यसैगरि यात्रुहरुले पनि कोभिडविरुद्धको प्रोटोकलअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ । यात्रुले सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । एयरले गरेको सर्भेक्षण नतिजा हरेक साता प्रकाशित गर्ने जनाएको छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया