कर्णालीमा समूह प्रवेशको लहर, दुई मन्त्री दाहाल-नेपालतिर

सुर्खेत : कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली समूह छोडेर दाहाल–नेपाल समूह रोजेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले दाहाल–नेपाल समूहलाई समर्थन गरेको जनाएका हुन् । डोल्पाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले जिल्लाबासीको माया र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न आफू दाहाल–माधव समूहमा प्रवेश गरेकोे विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गत आइतबार सामाजिक विकास मन्त्री दल रावल, र सांसद् पदम रोकाया दाहाल–नेपाल समूहतिर गएका थिए । सामाजिक विकास मन्त्री रावल सचिव रहेको नेकपा जिल्ला कार्यसमिति हुम्लाले विज्ञप्ति निकालेर दाहाल–माधव समूह रोजेको जानकारी गराएको थियो । हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामासहित जिल्लाका अरू नेता तथा कार्यकर्ता पनि दाहाल–नेपाल समूहतिर गएको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतका अनुसार ओली समूहबाट मन्त्री पदमा बसेका दुवै मन्त्रीलाई कर्णाली सरकारले बरर्खास्त गर्ने तयारी गरेपछि आफ्नो पद जोगाउन ओली समूह त्यागेर दाहाल–नेपाल समूहमा लागेको आरोप छ । अब कर्णाली सरकारमा पनि दाहाल–नेपाल समूह बहुमतमा पुगेको छ । नेकपा विभाजनपछि मन्त्री तथा नेताहरू पदको लागि एकपछि अर्को समूहमा प्रवेश गर्ने लहर चलेको छ ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

प्रतिक्रिया