डिभोर्सको हल्ला चिर्ने वर्षाको प्रयास, ‘कसले के-के भने रे !’
काठमाडौँ - अभिनेत्री वर्षा राउतले श्रीमान् सञ्जोग कोइरालालाई इन्स्टाग्रामबाट गायब पारेपछि फैलिएका हल्ला चिर्न सकस भइरहेको छ । पछिल्लो समय वर्षा र सञ्जोग अलग अलग बस्न थालेका र दुवै सम्बन्ध विच्छेदको तयारीमा रहेको समेत हल्ला चल्न थालेका छन् ।
फिल्मकर्मी हुँदै यस्तो हल्ला सर्वसाधारण माझ पनि पुग्न थालेपछि भने वर्षाले सञ्जोगसँग सम्बन्ध पूर्ववत रहेको जनाऊ दिएकी छिन् । उनले बुधबार सञ्जोगसँगको तस्बिर राख्दै एउटा क्याप्सन लेखेकी छिन् जसले आफूहरूको सम्बन्धलाई लिएर चलेको हल्ला अफवाह भएको संकेत गरेकी छिन् ।
‘रिडिङ आवर र्युमर्स लाइक दिस, कसले के के भने रे ?’ उनले सञ्जोगसँग मोबाइलमा केही हेर्दै गरेको तस्बिर राख्दै लेखेकी छिन् । केही दिनअघि वर्षाले सञ्जोगको फोटो इन्स्टामा आर्काइभ गरेकी थिइन् । यो कुरा समाचारमा आएपछि सम्बन्ध विच्छेदको हल्ला व्यापक बनेको थियो । लामो समय प्रेम सम्बन्धमा रहेका वर्षा र सञ्जोगको चार वर्षअघि विवाह भएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया