माया खोजिरहेको जोडीका कथामा आसिफ र वर्षाको ‘किन मायामा’

काठमाडौँ - ‘कर्कश’ र ‘दुई रुपैयाँ’ जस्ता चलचित्र बनाएको जिट्वान्टी वान प्रडक्सनले सिरिज निर्माण गर्ने भएको छ । निर्माण टिमले आसिफ शाह र वर्षा राउत मुख्य भूमिकामा रहने गरी सिरिज निर्माणको घोषणा गरेको छ । ‘किन मायामा’ शीर्षकमा बन्न लागेको सिरिजलाई असिम शाहले निर्देशन गर्नेछन् ।
प्रेमकथा श्रेणीमा बन्न लागेको सिरिजले मायाको खोजीमा रहेका ६ चरित्रको कथा पेस गर्ने आसिफ शाहले बताए । फागुनबाट फ्लोरमा जाने तयारीमा रहेको सिरिजका लागि बाँकी कलाकार खोजिरहेको उनको कथन थियो ।
‘ वर्षा र म एउटा जोडीको रुपमा अभिनय गर्दैछौँ । बाँकी ४ जनाको भने खोजी गरिरहेका छौँ,’आसिफले भने । उनले फिल्मका अर्को जना हिरोइनको पनि खोजी भइरहेको बताए । यसका लागि निर्माण टिमले स्थापित हिरोइन खोजिरहेको छ । आसिफका अनुसार केही हिरोइन आफ्नो दिमागमा रहे पनि टिमसँग छलफल गर्न बाँकी नै छ ।
निरन्तर म्युजिक भिडियो बनाइरहेको जिट्वान्टी वानले यसअघि ‘दुई रुपैंयाँ’को सिक्वेल बनाउने घोषणा गरेको थियो । यसको लेखनको काम सकिएको भए पनि भाइरसको बढ्दो संक्रमणका कारण अहिलेलाई थाँती राखिएको पनि आसिफले बताए । १३ भाग बन्ने यो सिरिज कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया