बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

‘प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ’

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानअनुसार प्रतिनिधि सभा पुनस्र्थापना हुने दावी गरेका छन् ।  
राजधानीमा मंगलबार आयोजित अन्तक्र्रियामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भएको भन्दै संविधानअनुसार नै प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी गरेका हुन् । 

श्रेष्ठले अहिले नेकपाभित्र राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताए । पार्टीको नाम र चुनाव चिन्ह आफुहरुले नै पाउने भन्दै उहाले यसमा कसैले दुविधा मान्न नहुने तर्क गरे । ओली सरकारविरूद्ध संयुक्त आन्दोलन गर्नेबारे पनि छलफल भइरहेको श्रेष्ठले बताए ।  

त्यस्तै सो समूहका योगेश भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढाएको आरोप लगाए । उनले नेकपाबीचको नभई अग्रगमन र प्रतिगमनको लडाइँ भएको बताए । नेता भट्टराईले प्रतिगमनविरूद्ध प्रचण्ड नेपाल पक्षीय नेकपा, कांग्रेस, जसपालगायतको मोर्चाबन्दी हुने तयारी रहेकोसमेत बताए ।