युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

इलाम- युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो ।
घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ ।

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया