बोलिभियाका उपराष्ट्रपति र ६ मन्त्री कोभिड सङ्क्रमित

लापाज- बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको उल्लेख गरिएको छ ।
उनीहरू मध्ये मन्त्रीहरू सवैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसकेका थिए भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगाएका थिए । “उहाँहरू सवैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सवै जना आइसोलेसनमा बस्नु भएको छ,” वक्तव्यमा लेखिएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया