सप्तरीमा मास्क अभियान सुरु

सप्तरी - मुलुकमा कोरोना भाइरस बढी रहेको र मास्क लगाउनेको संख्या न्यून रहेको बेला सामुदायिक सेवा केन्द्र सप्तरीले राजविराजमा बुधबारदेखि तपाईंको मास्क खै अभियान सुरु गरेको छ। राजविराजस्थिति गजेन्द्र चौकमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाटो हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गर्दै अभियान सुरु गरेका हुन् ।
प्रजिअ गौतमले कार्यक्रममा भने, 'कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी मुलुकमा अत्यधिक रूपले फैलिँदै गएको छ ।' हाम्रो मुलुकमा पनि कोरोना संक्रमित दिनप्रतिदिन वृद्धि हुँदै गएकोले मास्कको प्रयोग गर्न एकदमै आवश्यक रहेको बताए ।
मास्क प्रयोग अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने प्रजिअको जोड थियो । 'सानो लापरबाही र हेलचेक्राईले कोरोना फैलिन सक्ने खतरा भएकोले न्यूनीकरण गर्न सबै सचेत हुनुपर्छ,' उनले भने ।
कोरोनाको पहिलो र दोस्रो लहरमा सप्तरीमा निकै मानवीय क्षति भएको भन्दै उनले सबैको सहयोग र प्रयासबाट तेस्रो लहरमा मानवीय क्षति हुन नदिने विश्वास प्रजिअको रहेको छ । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले मास्क प्रयोग नगर्नेलाई कानुनी कारबाही गर्ने बताए ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँ लाल यादवले सप्तरीमा कोरोना संक्रमितहरूको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकोले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे ।
सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायणलाई दासको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्याब्सन सप्तरीका अध्यक्ष अरुण कुमार देव, एनप्याब्सन सप्तरीका अध्यक्ष नरेश प्रताप सा लगायतले मन्तव्य व्यक्त गर्दै मास्कको प्रयोगमा जोड दिए ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया