दाहालमाथि कारबाही गर्न अख्तियार र प्रहरीलाई पत्राचार

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानविन गर्न कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई सिफारिस गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार दाहाललाई कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको छ । नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले मंगलबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा दिएका थिए र उनको राजीनामा पनि स्वीकृति भइसकेको छ ।
दाहाल नारायणहिटी दरबार संग्रहालय विकास समितिमा २०७६ साल पुसमा नियुक्त भएका थिए । उनलाई नारायणहिटी प्रवेशपछि बतास समूहलाई क्यान्टिन भाडामा लगाइएको थियो ।
तर, बतासले क्यान्टिनसँगै राजाहरूले प्रयोग गर्ने बंकर र वरिपरिको १४ रोपनी जग्गामा भौतिक संरचना बनाएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले सोमबार प्रतिवेदन दिँदै दाहालको कमजोरी औंल्याएको थियो। त्यसको भोलिपल्ट दाहालले राजीनामा दिएका हुन्।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया