कैलालीमा स्मार्ट लकडाउन (सूचनासहित)

कैलाली - कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसहित कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार एक सुचना जारी गर्दै आज राति १२ बजेदेखि अनिश्चितकालका लागि लागू हुने गरि विभिन्न निर्णय गरेको छ ।
कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्रशासनले विभिन्न निर्णय गरेकाे हाे ।
अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनले आदेश जारी गरेकाे हाे । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा अब २५ जनाभन्दा बढी भेला हुन पाइने छैन ।
सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागू गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाईकाे व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया