बतासको बयान : सेटिङ भएको छैन

काठमाडौँ : बतास अर्गनाइजेशनले नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भवन र गणतन्त्र स्मारकभित्रको क्याफ्टेरिया भाडा आफूले सरकारी टेण्डरबाट प्राप्त गरेको स्पष्टीकरण दिएको छ ।
अर्गनाइजेसनले आज एक प्रेस विज्ञप्ति जारी गरी मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बी. पी. एस. लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७ साल पुष १७ गते सम्झौता भएको र यसमा कुनै ‘सेटिङ नभएको’ दाबी गरेको छ ।
‘सम्झौता गर्ने क्रममा बतास अर्गनाइजेसनले कुनै प्रकारको प्रभाव वा दबाब सिर्जना गरिएको थिएन भन्नेकुरा सम्झौता पत्रमा प्रयुक्त भाषाले नै स्पष्ट पारिरहेका अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै जे–जसरी समाचारहरु प्रकाशित, प्रशारित भइरहेका छन् ती समाचारहरुका शीर्षकदेखि व्यहोरासम्ममा पुरापुर भ्रम र झुट मात्र प्रस्तुत भएको यहाँहरुलाई स्पष्ट पार्न चाहन्छौ,’ विज्ञप्तिमा उल्लेख छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले संग्रहालयभित्र निर्माण भइरहेका संरचना भत्काउने आदेश दिएका थिए । बतास समूहलाई भाडामा दिने गरी क्याफ्टेरिया सञ्चालन गर्न दिने विषयमा विवादमा परेपछि संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिइसकेका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया