आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

ट्राफिक जरिवाना अब मेसिनबाट तिर्न सकिने

काठमाडौं– ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम अब मेसिनबाट तिर्न सकिने व्यवस्था मिलाइएको छ। बैंकमा गएर लामोसमय लाइनमा बस्ने झन्झटबाट मुक्त हुनका लागि यो सुविधाको सुरुआत गरिएको हो । 

महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिन जनाएको छ। बुधबार एक कार्यक्रमका बीच ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा मेसिनको उद्घाटन गरे। उनीहरूले मेसिनमा नगद रकम हालेर ट्राफिक जरिवाना तिर्न सकिने मेसिनको उद्घाटन गरेका हुन् ।

यसअघि ल्योबल आइएमई बैंकमा गएर जरिवाना तिर्नुपर्ने थियो । उद्घाटन गर्दै एसएसपी उमेशराज जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाएको बताए । ‘सेवाग्राहीको समय बचत तथा सेवामुखी बनाउनका लागि यस्तो प्रविधिबाट शुल्क तिर्न सकिने बनाइएको हो,’ उनले भने ।