जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकासमेत सहभागी

जनकपुरधाम : जनकपुरधाममा नेकपाको ओली समूहले शक्ति प्रदर्शन गरेको । मगलबार नेकपा ओली समूहले मोटरसाइकल र्यालीसहितको शक्ति प्रदर्शन गरेका हुन् । जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको छ ।
जहाँ उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठ, रघुवीर महासेठ लगायतका नेताहरूको सम्बोधन गर्ने भएको छ । प्रदेशमा ओली समूहको वर्चश्व रहेको देखाउने उद्देश्यले नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका उपप्रधमानमन्त्री पोखरेलले सम्बोधन गर्दैछन् । यसअघि दाहाल नेपाल समूहले समेत सोही कार्यालयमा विभिन्न भेला तथा सभाहरु गरिसकेको छ ।
जुलुसमा बालबालिकाको प्रयोग
नेकपा ओली समूहले आज निकालेको जुलुशमा सयौं बालबालिकाहरूको सहभागिता रहेको पाइएको छ । जुलुशमा बालबालिकाहरूले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाई रहेका थिए । जुलुशमा १० वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू सहभागी थिए । यसअघि नेकपा दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राजावादीहरूको प्रदर्शनमासमेत बालबालिकाहरूको प्रयोग हुँदै आएको थियो।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया