महानगरीय प्रहरीलाई माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका थिए।
साथै सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद खनालको उपस्थिति रहेको थियो । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरेको हो ।
माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

प्रतिक्रिया