उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने नियुक्त

काठमाडौं : उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई नियुक्त गरेको हो ।
न्यौपाने अहिले नेपाल व्यवसायिक पहल(एनबीआइ)का सचिव हुन् । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यका लागि समेत आवेदन दिएका उनी १० वर्षसम्म बैंक तथा फाइनान्समा संचालक बनिसकेका छन् ।
महाप्रबन्धकका लागि न्यौपानेसँगै काठमाडौंका ध्रुवबहादूर देवकोटा र कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्याल सिफारिस गरिएको थियो। सिफारिस गरिएका देवकोटा उदयपुर सिमेन्टकै नायब महाप्रवन्धकबाट रिटायर्ड भएका हुन भने अर्याल विभिन्न गैरसरकारी संस्थामा काम गरेका थिए।
सिफारिस समितिको पुस १ को सिफारिस अनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्यांकन, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा उच्चतम अंक प्राप्त गरेको मन्त्रालयले जानकारी दिएको थियो । सिफारिसअनुसार वर्णानुक्रमका आधारमा न्यौपानेलाई पहिलो नम्बरमा राखिएको थियो ।

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

प्रतिक्रिया