उपत्यकामा मात्र ३५ सय बढी सक्रिय संक्रमित

काठमाडौँ - दिनप्रतिदिन बढिरहेको कोभिड संक्रमणले उपत्यकामा जोखिम बढिरहेको जनाउँछ । अहिले पनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा अझ संक्रमण बढ्दै जाने देखिएको छ । मास्क नलगाएका, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपोसार गरिएका र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
उपत्यकामा मात्र मंगलबार एक हजार २ सय ८६ कोभिड-१९ संक्रमित थपिए । काठमाडौँमा मात्र सक्रिय संक्रमित तीन हजार ५२१, भक्तपुरमा ६ सय ९९ र ललितपुरमा १ हजार ९० सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमित ५ हजार ३ सय १० जना छन् । हालसम्म उपत्यकामा तीन लाख ४२ हजार २ सय ५७ जना संक्रमण छन् । काठमाडौँमा २ लाख ५९ हजार ४४२, भक्तपुरमा ३० हजार ७१० र ललितपुरमा ५२ हजार १०५ संक्रमित छन् ।
त्यसैगरी तीन हजार ३८९ जना संक्रमितको मृत्यु भइसकेको छ । काठमाडौँमा २ हजार २४२, भक्तपुरमा ४ सय ३८ र ललितपुरमा ७ सय ९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म तीन लाख ३५ हजार ३५७ जना संक्रमणमुक्त भइसकेका छन् । काठमाडौँमा २ लाख ५३ हजार ६७९, भक्तपुरमा २९ हजार ५७३ र ललितपुरमा ५२ हजार १०५ जना संक्रमणमुक्त भइसकेका छन् ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया